दार्चुलाबाट लागु औषध सहित एक युवक पक्राउ

दार्चुला । दार्चुला सदरमुकाम खंलगाबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बागाबगड(महाकाली करिडोर) बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का अन्दाजी १९ बर्षिय नविन धामी रहेको उहाँले बताउनुभयो ।

भारतको धारचुलाबाट महाकाली नदि तारेर ल्याउदै गरेको अवस्थामा प्रहरीले धामीको साथबाट पेभोन स्पास प्लस १ सय १२ क्याप्सुल र स्कप कपसिरफ २ सिसि बरामद गरेको बताइएको छ ।

लागु औषध सहित पक्राउ परेका धामीलाई हिरासतमा राखी अनुसन्धान भइरहेको सुचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

उनलाई लागु औषध ऐन २०३३ अनुसार कारबाही हुने जनाइएको छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?