खलंगा सीमा पुल नियमित खोल्न सरकारलाई अनुरोध

दार्चुला । दार्चुला सदरमुकाम खलंगा घाटबजारस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल नियमित रुपमा खोल्न गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले सीमाका नागरिकको जनजीविकासंग जोडिएको सीमा पुल नियमित रुपमा खोल्न सरकारलाई लेखि पठाउने निर्णय गरेको हो ।

एक वर्ष पहिलेदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि गत चैत १० गतेदेखि बन्द गरिएको खलंगा झोलुङ्गे पुल त्यसयता नियमित रुपमा खुलेको छैन् । पुल नखुल्दा सीमा क्षेत्रका नागरिकको आर्थिक, सामाजिक जीवनमा प्रभाव परेको भन्दै सीमा पुल नियमित रुपमा खोल्न नेपाल सरकारलाई अनुरोध गने निर्णय गरिएको हो ।

यसअघि खलंगामै बसेको सर्वपक्षिय बैठकले हप्ताको दुई दिन खलंगा सीमा पुल खुलाउन भारतीय प्रशासनलाई अनुरोध गरेपनि कार्यान्वय भएको छैन् ।

यसैबिच आजै बसेको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले हालै संयुक्त अधिराज्य, मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिकामा कोरोनाको नयाँ प्रकारको कोरोना भाइरस देखा परेको सन्दर्भमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने र रोकथामका लागी आवश्यक परे नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्ट, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नेकपाका जिल्ला अध्यक्ष गणेश खत्री, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहरा, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्ना, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?