कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपाली घाइते

दार्चुला । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् ।

सोमबार बेलुका करिब साढे ६ बजेतिर गोली चल्दा दोधार चाँदनी नगरपालिका वडा नम्बर १ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो ।

उहाँको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । उहाँले घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।

घ​टना साँझको समयमा भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको उहाँको भनाइ छ । उहाँकाअनुसार गोली भारतीय भूमिमा चलेको देखिएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएबी) ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको उहाँले बताउनुभयो ।

घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?