दार्चुला। विकासको मूल प्रवाहबाट पछाडि परेका दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको समग्र विकासका लागि ल्याइएको रणनीतिक महìवको एकीकृत कार्ययोजनालाई तीव्रता दिन सरकारले अग्रसरता लिएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले आधारभूत पूर्वाधार निर्माण तथा राज्यबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउन सो क्षेत्रको समग्र विकासका लागि रणनीतिक महìवको एकीकृत कार्ययोजना सञ्चालनमा ल्याई कामलाई तीव्रता दिएको जानकारी दिनुभयो । सडक पूर्वाधारदेखि सामाजिक विकासका कार्यक्रमलाई समग्र विकास कार्यक्रमका रूपमा एकीकृत कार्ययोजना अगाडि बढाइएको छ ।

मन्त्रालयका अनुसार पूर्वाधार निर्माणमा दार्चुला–टिङ्कर सडक निर्माण, छाङरु–टिङ्कर सडक निर्माण, महाकाली नदीमा सीता पुल र काठे पुलको मर्मत सम्भार, हेलिप्याड निर्माण योजनामा छन् । त्यसैगरी खानेपानी योजना नयाँ निर्माण र पुरानोको मर्मत सम्भार, कृषि, टिङ्कर नाकामा भन्सार पुनर्निर्माण, सीमा प्रशासन कार्यालय निर्माण गरी दरबन्दीअनुसार कर्मचारी आपूर्ति गरी सेवा सञ्चालन गरिनेछ ।

त्यस्तै पशु क्वारेन्टाइन कार्यालय स्थापना, टिङ्कर र छाङरुमा आधारभूत विद्यालय पुनस्र्थापना, अस्पताल निर्माण, टेलिफोन टावर निर्माण, भूक्षय, बाढीपहिरो नियन्त्रण, उन्नत कृषि कार्यक्रमअन्तर्गत स्याउ खेती, जडीबुटी खेती, ओखर खेती, आलु खेती, पर्यटन प्रवद्र्धनका लागि स्थान पहिचानलगायतका काम पहिचान गरिएको प्रवक्ता बुढाले जानकारी दिनुभयो ।

त्यसैगरी व्यावसायिक पशुपालन, चरण विकास, भेडाच्याङ्ग्रा पालनलगायत सो क्षेत्रमा अहिलेका पेसा व्यवसायलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने उहाँले बत९ाउनुभयो । कार्ययोजनामा परेका सम्पूर्ण कामको शुभारम्भ यसै वर्ष सुरु हुने जानकारी उहाँले दिनुभयो ।

सडक पूर्वाधारसहित सो क्षेत्रमा निर्माण गरिने हेलिप्याड, टेलिफोनको टावर, भन्सार र सीमा प्रशासन कार्यालय निर्माणबाहेक अधिकांश कार्ययोजना चालूू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी उहाँले दिनुभयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्लास्तरीय सरोकारवालाको बैठकले सो क्षेत्रको समग्र विकासका लागि निर्णय गरी पठाइएको विस्तृत प्रस्ताव कार्यान्वयनका लागि गृहसचिवको अध्यक्षतामा सरोकारवाला मन्त्रालयहरूको बैठकले कार्ययोजनाको अन्तिम रूप दिई अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो ।

गृह मन्त्रालयमा असोज ५ गते आएको सो प्रस्तावबारे असोज १२ गते छलफल गरिएको थियो । उहाँले भन्नुभयो, “दार्चुलावासीको मागलाई कार्ययोजनामा ढाल्ने काम मन्त्रालयहरूको समन्वयले गरेको हो ।”
उहाँका अनुसार गृह मन्त्रालयसहित अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य, सञ्चार, पर्यटन, सहरी विकास, खानेपानी, कृषि, शिक्षालगायत मन्त्रालयका पदाधिकारीहरूको बैठकले रणनीतिक महìवको एकीकृत कार्ययोजना तयार गरी सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । उहाँले भन्नुभयो, “बैठकमा विभिन्न १० क्षेत्रका २२ वटा काम पहिचान गरिएको थियो । त्यसअनुसार कार्ययोजना गरी सञ्चालनमा ल्याइएको छ ।”

सो क्षेत्रमा भइरहेका कामको प्रगति माग गरिएको बताउँदै उहाँले त्यसको प्रगति समीक्षा गृह सचिवको अध्यक्षतामा सरोकारवाला सबै मन्त्रालयको बैठक यही पुस २४ गते बस्ने र बैठकले अहिलेको कार्ययोजनामा अन्य कामसमेत थप गर्ने प्रवक्ता बुढाले जानकारी दिनुभयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले दार्चुलाको समग्र विकासका लागि यहाँको जीवनस्तर उकास्ने गरी तयार भएको कार्ययोजनाअनुसार तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सो क्षेत्रमा टेलिफोन टावर, सडकलगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

कार्ययोजनाअनुसार अहिले सो क्षेत्रमा भौतिक पूर्वाधारलगायत आधारभूत विकास निर्माणका कामलाई तीव्रता प्रदान गरिएको छ । भौतिक पूर्वाधारलगायत मानवीय आवश्यकताका आधारभूत संरचनाहरूको निर्माणसँगै अहिलेसम्म सो क्षेत्रमा रहेका भारतीय परनिर्भरता कम हुने विश्वास गरिएको छ । केही महिना अघिसम्म पाँच सय मिटर घोडेटो बाटो निर्माणको अभावमा छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो ।  गोरखा पत्रबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?