दार्चुला । मालिकार्जुन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकिय भवन सार्न लागेको भन्दै स्थानीयहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन ।

गाउँपालिकाले यहि पुस २२ गते गाउँ कार्यपालिकाको बैठकबाट प्रशासकिय भवन निर्माणको लागि जग्गा खोज्ने निर्णय गरेको थियो । प्रशासकिय भवन अहिले कार्यालय रहेकै ठाँउ नजिक हुनुपर्ने माग सहित स्थानीय संघर्ष समितिले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष पदम राज पन्तले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र रहेकै ठाँउ नजिक प्रशासकिय भवन पनि हुनुपर्ने स्थानीयहरुको माग छ । गाउँ कार्यपालिकाको पुस २२ गतेको निणर्य अनुसार गाउँपालिकाको प्रशासकिय भवन अन्य ठाउँमा सारिन लागेको भन्दै स्थानीयहरुले बिरोधमा उत्रिएको बताएका छन् ।

स्थानीयहरुले सङ्घर्ष समिति गठन गरी यसअघि गाउँपालिकाको केन्द्र जुन ठाउँमा हो त्यहि ठाउँ नजिक कार्यालय बनाईनुपर्ने माग सहित बिरोधमा उत्रिएको बताएका छन् ।

यो विषयमा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी संग बुझ्न खोज्दा उहाँले आफु गाउँपालिकाको केन्द्र बाहिर रहेको र आफुलाई पनि तालाबन्दी भएको बारेमा फोन बाटै जानकारी भएको प्रतिक्रिया दिनुभएको छ ।

मालिकार्जुनमा गाउँपालिकाको प्रसासकिय भवन निर्माणका लागि विभिन्न सात ठाउँका स्थानीयहरुले जग्गादान गरेका छन् । थक्तोली, प्रहरी चौकि नजिक,धन्दावाला, पौलबिसा नजिक, थुममा, कोरिगाउँमा र घुपाडिमा स्थानीयले जग्गादान गरेकोले उपयुक्त ठाउँमा प्रशासकिय भवन निर्माण गरिनुपर्ने वडाअध्यक्ष प्रेम पन्तले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?