दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधब समुहले मार्मा गाउँ कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमका साथै सरकारविरुद्ध विरोध सभाको आयोजना गरेको छ । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा प्रचण्ड–माधव समुहले सरकारले गरेको प्रतिनिधिसभा विघटन बिरुद्ध विरोध सभाको आयोजना गरेको हो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित काम गरेको भन्दै सरकार र प्रधानमन्त्रीका बिरुद्ध जिल्ला स्तरीय विरोधसभाको आयोजना गरिएको नेकपा प्रचण्ड–माधव समुह दार्चुलाका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली सुदूरपश्चिम आएका बेला प्रचण्ड–माधव समुहले मार्मामा विरोधसभाको आयोजना गरी विरोध जनाएको छ । उक्त कार्यक्रममा मार्मा गाउँपालिका सह–ईन्चार्ज धिरेन्द्र सिंह धामीको अध्यक्षता तथा नेकपा जिल्ला अध्यक्ष गणेश खत्रीको प्रमुख आथित्यता रहेको थियो ।

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, उभिएका मानिसहरू, हिमाल, आकाश, बाहिरी तथा  प्रकृति

प्रधानमन्त्रीलाई विरोध पत्र

नेकपाको प्रचण्ड–माधव समूहले दार्चुलाबाट पनि प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको छ । प्रतिनिधिसभा विघटन गरेको विरोधमा संविधानको धारा ८५ को प्रतिलिपि सहित प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत विरोध पत्र पठाएको नेकपा प्रचण्ड–माधव पक्षका जिल्ला अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले संविधान कुल्चदै प्रतिनिधिसभा भंग गरेकाले असंवैधानिक कदम सच्याउन दबाब स्वरुप विरोध पत्र पठाएको उहाँले बताउनुभयो । प्रतिनिधिसभा पुनस्र्थापना गरी लोकतान्त्रिक पद्दतिलाई संस्थागत गर्न पनि विरोध पत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको खत्रीले बताउनुभयो ।

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, बाहिरी तथा  प्रकृति

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, बाहिरी तथा  प्रकृति

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?