दार्चुला । नेपाल सरकारले प्रतिनिधिसभाको मध्यावधि चुनावको घोषणा गरेसंगै दार्चुलामा पनि चुनावको आवश्यक तयारी थालिएको छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरेसँगै दार्चुलामा पनि तयारी थालिएको निर्वाचन कार्यालयले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछिको विवाद सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेपनि आयोगले मतदाता नामावली अध्यावधिकको काम गर्न थालेको हो ।

मतदानकेन्द्र पुनरावलोकनको टुंगो लगाउन यही पुस २८ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा सर्वदलिय बैठक राखिएको छ । यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दार्चुलामा ११० मतदानस्थल तथा १२९ मतदान केन्द्र तोकिएका थिए । त्यसैको आधारमा वर्तमान परिस्थितिलाई समेत ख्याल गरेर मतदान केन्द्रको टुंगो लगाइने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्र प्रकाश जोशीले जानकारी दिनुभयो ।

अगामी माघ १५ देखि २४ गतेसम्म मतदाता नामावली दाबी विरोधको कार्यक्रम रहेको छ । उक्त दाबी बिरोधको कार्यक्रम जिल्लाका नौँ वटै स्थानीय तहका केन्द्रमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

मतदाता नामावली दाबी विरोधको नतिजा आएपछि जिल्लामा कति मतदाता छन भन्ने एकिन हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयको तथ्याङक अनुसार दार्चुलामा झण्डै ७८ हजार ५१३ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?