कोरोना संक्रमितको मृत्यु : दशरथचन्द नगरपालिकाको गढी क्षेत्र सिल

दार्चुला । बैतडीको दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ ।

आइतबारदेखि गढी क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । केही दिन अघिमात्रै गढी क्षेत्रमा एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको उहाँको सम्पर्कमा रहेकाहरुमा पनि कोरोना देखिएकाले गढी क्षेत्र पौष २६ गते देखि माघ ६ गते सम्म सिल गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकाको गढी क्षेत्रमै अहिले पनि ७ जना संक्रमित रहेकाले संक्रमण नफैलियोस भन्नका लागि गढी क्षेत्र सिल गरिएको उहाँले बताउनुभयो ।

गढी क्षेत्रमा आवतजावत नगर्न, शिक्षण संस्था बन्द गर्न, बजार तथा पसलहरु बन्द गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।

कोरोना समुदायमा फैलिए झन् समस्या हुने भएकाले नगरपालिकाको गढी क्षेत्र सिल गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?