दार्चुला । दार्चुलामा बाल संगठन कार्यालयको उद्घाटन गरिएको छ । दार्चुला भ्रमणमा आउनुभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिह ठगुन्नाले एक कार्यक्रमका बिच जिल्ला बाल संगठन कार्यालयको उद्घाटन गर्नुभएको हो ।
नेकपा दार्चुलाका नेता एबं बाल संगठनका जिल्ला सभापति धनबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
दार्चुला सदरमुकाम खलंगास्थित एसिएन एकेडेमी (गुठी क्षेत्र) मा सञ्चालित कार्यक्रममा मन्त्री ठगुन्नाले बाल संगठनको कार्यालय स्थापना हुनु महत्तपूर्ण काम भन्दै बालबालिकाको हक, हितमा काम गर्न सुझाव दिनुभयो ।





