दार्चुला । दार्चुुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना भएको छ ।
मार्मा गाउँपालिकाको लटिनाथबाट पारिबगड तर्फ जाँदै गरेको म १ ज ३२४ नम्बरको जिप विटुले लटिनाथ पारिबगर सडक खण्डको मार्मा गाउँपालिका वडा नम्बर २ सिमार बजार नजिक आज विहान दुर्घटना भएको इलाका प्रहरी चौकी लटिनाथका प्रहरी निरीक्षक कमल बहादुर विष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा परि २ जना सामान्य घाईते भएको प्रहरी निरीक्षक विष्टले जानकारि दिनुभयो । घाइते हुनेहरुमा मार्मा गाउँपालिका वडा नम्बर ३ बस्ने १८ वर्षीय भुवन धामी र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानाराका १८ वर्षीया लक्ष्मी धामी रहेका छन् । जिपमा २ जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिव ५०-६० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।




