धनगढीमा प्रहरी जवान मृत फेला

दार्चुला । धनगढीमा प्रहरी मृत मेला परेका छन ।

बिहिबार बिहान धनगढी उप–महानगरपालिकाको मनहेरामा हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना हुदा जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले मृत भेटिएका चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेको बताउनुभयो ।

चौधरी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएपनि घटनाको अन्य कोणबाट समेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?