दार्चुला । दार्चुला घर भएका नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टनल वरल्ड फेडेरेसनको जुनियर बरीयताको शीर्ष तीनमा पर्न सफल हुनुभएको छ।
यसअघि ११ औं स्थानमा रहेका प्रिन्सले ८ स्थान सुधार गरेर तेस्रो स्थान प्राप्त भएकोमा निकै खुसी लागेको बताउनुभयो।
यो रेकर्ड नेपाली खेलाडीले अहिलेसम्म हासिल गरेको उच्च स्थान हो ।
२०१९ मा दुबईमा सम्पन्न वरल्ड जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेका प्रिन्सले राष्ट्रिय स्तरका प्रतियोगितामा एक छत्र राज गर्दैै आउनुभएको छ ।
२०२० मा उहाँले प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिजमा दोस्रो स्थान हासिल गर्नुभएको थियो ।
त्यसपछिका प्रतियोगिताहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका प्रिन्सले अगामी दिनमा खेल क्षेत्रबाट राष्टलाई थप योगदान दिन बरीयता सुधारले हौसला प्राप्त भएको बताउनुभयो ।





