दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर २ चौरीगाउँका एक पुरुष मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ४७ वर्षीय मानसिह ठगुन्ना मृत फेला परेका हुन् ।

आइतबारदेखि वेपत्ता भएका ठगुन्ना धरिधार भन्ने स्थानमा मृत फेला परेको बताइएको छ ।

उहाँको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ ।

घट्नाबारे थप अनुसन्धानको लागि प्रहरी टोली घट्नास्थलमा खटिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?