दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को वडा कार्यालमा तालाबन्दी गरिएको छ ।

स्वाथ्य चौकी भवन निर्माणस्थलको विषयलाई लिएर गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका हुन् ।

स्थानीय बासीको पायक पर्ने ठाउँ भन्दा फरक ठाउँमा स्वास्थ्य चौकी भवन बनाउने निर्णयको भन्दै स्थानीयले सोमबार (आज) वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य चौकीमा स्तरोन्नतीका लागि वडा कार्यालयमा २२ लाख रुपैयाँ बजेट पठाएको थियो । गाउँवासीलाई जानकारी नै नदिई वडा अध्यक्ष गौरसिह बोहराले अपायक ठाउँमा स्वास्थ्य चौकी निर्माण गर्न लागेकोले विरोधमा वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीयहरुले बताएका छन ।

छलफलपछि मात्रै स्वास्थ्य चौकी बनाउने ठाउँको टुंगो लगाउनु भनेको तर अध्यक्षले मनोमानी गरेपछि विरोधमा उत्रनु परेको स्थानीयहरुको भनाई छ । मालिकार्जुन गाउँ कार्यपालिकाको गत पुष २२ गते बसेको बैठकले वडा नम्बर १ को स्वास्थ्य चौकी भवन फड्के क्षेत्रमा बनाउने निर्णय गरेको थियो ।

सामुदायिक स्वास्थ्य इकाई भवन निर्माणका लागि यो भन्दा पहिला पनि वडाको कपडागाडा, आलाधार क्षेत्रमा स्वास्थ्य चौकी बनाउने निर्णय भएपनि विबाद भएको थियो ।

विवाद कायमै रहेकाले आफुले यो विषयलाई गाउँपालिकाको न्यायिक समिति हुदै गाउँकार्यपालिकाको बैठकबाट निर्णयमा पुर्याएको वडा अध्यक्ष गौरसिह बोहराले बताउनुभयो । फड्के क्षेत्रमा स्वास्थ्य चौकी भवन बनाउने निर्णण गरेपछि वडा नम्बर १ डुङरी ठाडिधार, सुत्तने क्षेत्रका स्थानीयहरुले विरोध जनाउँदै वडा कर्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयमा तालाबन्दी गरिएपछि सोमबार दिनभरि वडा कार्यालयबाट हुने सबै प्रकारका सेवा प्रवाह बन्द भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?