डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

दार्चुला । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर २ कैलपालमाण्डौंमा ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेश बहादुर ऐरको मृत्यु भएको हो।

दुर्घटनामा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुको उद्वार गरि डडेल्धुरा अस्पताल पुगाइएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो । से१त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?