दार्चुला । एकलौटी रुपमा क्याम्पस व्यवस्थापन समिति चयन गरेको भन्दै राष्ट्रिय क्याम्पस दत्तुमा अनिश्तिकालीन तालाबन्दी गरिएको छ ।

पुरानो क्याम्पस व्यवस्थापन समितिको समया अवधि सकिएको र नयाँ समिति चयनमा क्याम्पस व्यवस्थापन समितिले आफुखुसि एकलौटी तरिकाले आफु अनुकुलका मान्छे राखेर समिति बनाएको भन्दै क्यापसमा अनिश्तिकालीन तालाबन्दी गरिएको हो ।

ब्यवस्थापन समितिको म्याद गत असोजमै सकिएको र अहिले आएर नयाँ व्यवस्थापन समिति चयन गर्दा व्यस्थापन समिति अध्यक्ष गजेन्द्र कार्कीले आफु निकटका व्यक्तिहरुलाई समितिमा राखी फर्जि हस्ताक्षर गरि समिति बनाएको आरोप क्याम्पस व्यावस्थापन संर्घस समितीले लगाएको छ ।

त्रिभुवन विश्व विद्यालयको नयाँ नियम अनुसार नयाँ व्यवस्थापन समिति चयन गर्नु पुर्व विधान बनाउपर्ने भए पनि व्यवस्थापन समिति ऐन नियम विपरित समिति चयन गरेको नेकपाका महाकाली नगर कमिटी अध्यक्ष तथा स्थानीय नर सिंह चैसिरले बताउनुभयो ।

समिति चयन गर्दा एकलौटी ठङ्गले आफु अनुकुलका ब्यक्तिहरु राखी फर्जि हस्ताक्षर गरि समिति चयन गरिएको छ, उहाँले भन्नुभयो ।

आफुहरुले छलफलको माध्यमबाट समस्या समाधानको लागी पटक पटक लिखित र मौखिक अनुरोध गर्दा पनि व्यवस्थापन समितिले वास्ता नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नु भयो हामीले आज विहान मात्रै पनि अध्यय ज्यु संग छलफलको माध्यम बाट समस्या समाधान गरौ भन्ने अनुरोध गरेका हौ, तर उहाँले छलफल हुदैन तिमीहरु जे गर्न सक्छौ गर भनेर भन्नुभयो ।

क्याम्पसमा अन्य पनि धुप्रै समस्याहरु रहेको संर्घस समितिले जनाएको छ । सर्वपक्षिय बैठक मार्फत क्याम्पसको व्यवस्थापन समिति चयन र समस्या समाधान नभए सम्म क्याम्पसमा तालाबन्दी जारी राख्ने विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?