दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदम बिष्टले धम्की दिनुभएको छ ।

चमेलिया जलविद्युत आयोजनाको विद्युत उपभोग गर्न पाउनु पर्ने भन्दै शैल्याशिखरका स्थानीय आन्दोलित भएपछि स्थानीयको माग सम्वोधनका लागि आफुले प्रस्ताव गर्न खोज्दा जिल्ला प्रहरी कार्यालयका दार्चुलाका डिएसपी पदम विष्टले माग फिर्ता लिन र आन्दोलन स्थगित गर्न धम्की दिएको नगर प्रमुख धामीले बताउनुभयो ।

नगर प्रमुख धामीले भन्नुभयो, ‘जनताको आन्दोलन रोकिएन भने तेरा जनतालाई पुलिस लगेर हत्गडी लगाएर शरिरको छाला निकाल्छु भनेर मलाई फोनमा डिएसपी बिष्टले धम्काएको छ ।’ आफ्नै क्षेत्रमा रहेको बिजुली आफुहरुले नै प्रयोग गर्न नपाउनु र विजुली उपभोगको लागि माग गर्दा छाला निकाल्नु पर्ने किन ? प्रमुख धामीले प्रश्न गर्नुभयो ।

तर दार्चुलाका प्रहरी प्रमुख बिष्टले भने आफुले नगर प्रमुख धामीलाई नधम्काएको दाबी गर्नुभएको छ । बगौरामा स्थानीयले अराजक आन्दोलन गरेपछि पुरै दार्चुला जिल्लाको विद्युत नै अवरुद्ध भएको डिएसपी विष्टले बताउनुभयो । सामान्य तरिकाले सहमती गरेर आन्दोलन राक्नुस भनेको तर  नगर प्रमुख धामीले भने जस्तो धम्की नदिएको  विष्टको भनाई छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?