दार्चुला । महाकाली लोकमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बैतडीको दोगडाकेदार गाउँपालिका ६ चम्तडीमा सडकमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोजल गरेको छ ।

शुक्रबार राती सडकमा राखिएको डेक्ची बम दार्चुलाबाट गएको नेपाली सेनाको टोलीले शनिबार बिहान डिस्पोजल गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उसले नै बम राखेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि बम कसले राखेको भन्ने कुरा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सडकमा राखिएको बम डिस्पोजल गरिएसंगै सडक पनि सुचारु भईसकेको छ ।

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण दार्चुला सहित सुदूरपश्चिमका जिल्लाहरुमा प्रभाव परेको छ । बन्दका कारण सवारी साधन कम मात्रामा चलेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?