बझाङमा खुँडा हानेर युवकको हत्या

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ। मंगलबार साँझ बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो ।

उनीमाथि विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनुभयो ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?