दार्चुला । दार्चुलामा पनि कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । दार्चुलामा पहिलो खोप स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले लगाउनुभएको छ ।

बुधवार विहान ११ बजेर ७ मिनेटमा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले पहिलो खोप लगाउनुभएको हो ।

बुधबारबाट देशैभरि कोरोना खोप लगाउन सुरु गरिएको छ ।

भारतले अनुदानमा उपहारस्वरुप नेपाल सरकार र नेपाली जनतालाई दिएको कोरोना विरुद्धको १० लाख कोभिशिल्ड भ्याक्सीन बुधवारबाट देशैभरका स्वास्थ्यकर्मीहरुलाई लगाउन सुरु गरिएको छ ।

दार्चुलामा पहिलो चरणमा माघ १४ गतेबाट १८ गते सम्म कोरोना विरुद्धको खोप अभियानका लागि दार्चुलामा एक हजार तीन सय ९० डोज खोप दार्चुला ल्याइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।

जिल्ला अस्पताल दार्चुलाबाट पहिलो चरणमा दार्चुला भरिका स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोनाबाट मृत्यु भएका ब्यक्तिको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाईदैछ ।

कोरोना विरुद्धको खोप लगाएपछि सुरक्षित महसुश भएको र आत्मबल बृद्धि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?