खलंगा खानेपानी तथा सरसफाईमा २० करोड, कुँणी कुसकाँडाका लागि ४ करोड बजेट

दार्चुला । नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तरगत अगामी अार्थिक वर्ष २०७७/०७८ का लागि सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत  अायोजना अन्तरगत महाकाली नगरपालिकाको वडा नम्बर ४ र  ५ मा खलंगा खानेपानी तथा सरसफाई अायोजना निर्माणका लागि २० करोड रूपैैैया बजेट विनियोजन गरिएको छ।

जलवायु अनुकुलित बृहत खानेपानी अायोजना तर्फ लेकम गाउँपालिका वडा नम्बर २ मा चमेलिया खानेपानी अायोजना कुँणी कुसकाँडाका लागि ४ करोड रूपैयाँ विनियोजन गरिएको छ।

यस्तै मन्त्रालयले खानेपानी सेवा विस्तार तथा पुनस्थापना कार्यक्रमका लागि डल्लो बजेट ३ अर्ब ८ करोड १९ लाख बजेट विनियोजन गरेको छ।

संघीय अनुदानबाट प्रदेशबाट सञ्चालन हुने जलवायु अनुकुलित बृहत खानेपानी अायोजना अन्तरगत दार्चुला जिल्लामा ८५ वटा खानेपानी अायोजनाहरु सञ्चालन हुने मन्त्रालयलेे जनााएको छ।

प्रदेशमा ससर्त हस्तान्तरण भएका योजनाबाट महाकाली नगरपालिकामा ढल निर्माण तथा प्रशोधन अायोजना सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?