दार्चुला । मंगलबार बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ।
घटनाको विरोध गर्दै नेपाल विद्यार्थी संघ तथा स्थानीयले नाराजुलुससहित सदरमुकाम बन्द गरेका छन्। प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन्।
अमृत सिंह हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी र ज्ञानबहादुर कडायत रहेको बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।





प्रतिक्रिया