दार्चुला । दार्चुलामा पनि कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । बुधवार विहान ११ बजेर ७ मिनेटमा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टलाई पहिलो खोप लगाएर जिल्लामा खोप अभियानको शुरुवात गरिएको हो ।

कोरोना विरुद्धको खोप लगाएपछि सुरक्षित महसुश भएको र आत्मबल बृद्धि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले प्रतिक्रिया दिनुभयो । कोभिड १९ विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार १४ जना महिला र ३६ जना पुरुष गरि ५० जनाले खोप लगाएका छन् । दार्चुलामा पहिलो चरणमा माघ १४ गतेबाट १८ गते सम्म कोरोना विरुद्धको खोप अभियानका लागि एक हजार तीन सय ९० डोज खोप दार्चुला ल्याइएको छ ।

जिल्ला अस्पताल दार्चुलाबाट पहिलो चरणमा दार्चुला भरिका कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोनाबाट मृत्यु भएका ब्यक्तिको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाईदैछ । दोस्रो चरणमा बाँकी मानिसहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बुधबारबाट देशैभरि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । भारतले अनुदानमा नेपाल सरकार र नेपाली जनतालाई दिएको कोरोना विरुद्धको १० लाख कोभिशिल्ड भ्याक्सीन देशैभरीका स्वास्थ्य, सुरक्षा र सरसफाईकर्मीहरुलाई लगाउन सुरु गरिएको छ ।

दार्चुलामा आज ४४ जना स्वास्थ्यकर्मी, कोरोना संक्रमितको शब ब्यवस्थापनमा खटिएका ६ जना सुरक्षाकर्मी र सरसफाईकर्मीहरु गरि ५० जनालाई कोरोना विरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । जिल्लामा प्राप्त खोपको मात्राबाट पहिलो चरणमा करिब १२ सय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाईकर्मीहरुलाई खोप लगाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो । दोस्रो चरणको लागीे २८ दिनपछि खोप लगाउन सुरु गरिने छ ।

माघ १४ गते स्वास्थ्य कार्यालय दार्चुला, जिल्ला अस्पताल दार्चुला, कोरोना संक्रमितहरुको शब ब्यवस्थापनमा खटिने सु्रक्षाकर्मी तथा महाकाली नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाईएको छ । त्यस्तै माघ १५ र १६ गते ब्यास गाउँपालिका, दुहु गाउँपालिका, महाकाली नगरपालिका, नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । त्यसैगरि माघ १७ र १८ गते अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई खोप लगाउने तालिका रहेकोे छ ।

खोप अगाउन तोकिएको दिन बाहेक अन्य दिन उपस्थित भएमा समेत खोप लगाईने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । खोप लगाउन आउनेहरुले साथमा परिचयपत्र समेत ल्याउनुपर्ने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

छविमा समावेश हुनसक्ने: 1 व्यक्ति, उभिएको तथा  बाहिरी

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू तथा  बसिरहेका मानिसहरू

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  बाहिरी

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?