दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नम्बर ६ बाट कम नागरिकलाई छनौट गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

स्थानीयहरुले गाउँपालिकाको सबै वडा र टोलहरुबाट समान नागरिक प्रधानमन्त्री रोजगार कार्याक्रममा समावेश हुनुपर्ने लगायतका मागहरु राखी मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको वडा नम्बर ६ का वडा अध्यक्ष कमलापती मिश्रले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर ६ बाट प्रधानमन्त्री रोजगार कार्याक्रममा समावेश हुनको लागी तीन सय ८३ जनाले आवेदन दिएकोमा १९ जना छनोट भएका छन ।

आफुहरुले कार्यक्रममा समावेश हुनको लागी सबै विवरण भरेको भए पनि कार्यक्रममा समावेश नगरिएकोले वडा कार्यालयमा तालाबन्दी गर्नु परेको स्थानीय हरि खत्रीले जानकारी दिनुभयो । स्थानीयहरुले सबै वडाहरुमा समान नागरिकलाई कार्यक्रममा समावेश गर्नुपर्ने माग राख्दै हिजो वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । वडा कार्यालयमा तालाबन्दी गरिएको र स्थानीयहरुको माग बारे आफुले गाउँपालिकालाई जानकारी गराईसकेको वडा अध्यक्ष मिश्रले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुनको लागी निवेदकले भरेको फारम गाउँपालिकाको रोजगार शाखाले जस्ताको त्यस्तै इएमआइएस अन्लाईन प्रणालीमा प्रविष्ट गर्ने र उतै बाट छनोट हुने भएकोले रोजगार शाखाको त्यसमा कुनै त्रुटि नरहेको रोजगार शाखाले जनाएको छ ।

वडाकै जनप्रतिनिधिको सिफारिसका आधारमा अनलाइनमा सूचि प्रविष्ट गरिएकोले वडाबाट प्रकृया पुगेर समयमै गाउँपालिकामा प्राप्त भएका कसैलाई पनि प्रबिष्ट गर्न बाट नछुटाएको र छनोट गर्ने जिम्मेवारी आफुहरुको नभएकोले इएमआइएस प्रणालीको मापदण्ड अनुसार छनोट भएको रोजगार शाखाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?