सुदूरपश्चिमका सबै नाका खोल्ने सरकारको निर्णय, भारत भने अनिच्छुक

दार्चुला । भारतसँग जोडिएका दार्चुला सहित सुदूरपश्चिमका सबै सीमानाका आजदेखि खुलेका छन् ।

सरकारले देशभरिका ३० नाका खोल्ने निर्णय गरेसंगै भारतसँग जोडिएका सुदुरपश्चिमका ४ नाका पनि खुलेका हुन् । तर नेपाल सरकारले सिमा नाका खोल्ने निर्णय गरेपनि भारतीय पक्ष भने सिमा नाका खोल्न अनिच्छुक देखिएको छ ।

नेपाली पक्षको तर्फबाट दार्चुलाको खलङ्गा पुलघाट नाका खुल्ला रहेको भएपनि नाका खोल्न भारतीय पक्ष अझै तयार नभएको जिल्ला प्रहरी कार्यायलय दार्चुलाले जनाएको छ।

मन्त्रिपरिपषदको निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गर्ने निर्णय गरे अनुसार दार्चुलामा पनि नाका खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सुदूरपश्चिमका दार्चुलाको खलङ्गा पुलघाट, बैतडीको झुलाघाट, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, नाका पूर्ण रुपमा खुला गरिएको मन्त्रालयले जनाएको छ ।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन् । तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?