दार्चुलामा मतदाता नामावली अद्यावधिक गरिदै, १३५ मतदान केन्द्र

दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु भएको छ । आज सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्न यहि माघ १५ गते १० बजे सूची प्रकाशित गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

शुक्रबार र शनिबार दुई दिन यो नामावली माथि दाबी विरोध गर्न पाइनेछ । शनिवारसम्म नामथर त्रुटि भएमा सच्याउन निवेदन दिन, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिन तथा झुटो विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदिप सिह धामीले जानकारी दिनुभयो । आउँदो २१ गतेसम्म नामावली अद्यावधिक गरेर त्यसपछि मतदाताको नामावली जिल्लाबाट निर्वाचन आयोगमा पठाइने उहाँले बताउनुभयो ।

आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । आउँदो वैशाख १७ र २७ गतेका लागि सरकारले घोषणा गरेको चुनावको लागि आयोगले तयारी गरिरहेको छ ।

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा लोकराज ओझा, शैल्यशिखर नगरपालिकामा पुष्करसिह धामी, नौगाड गाउँपालिकामा मदनसिह ठगुन्ना, लेकम गाउँपालिकामा अभैराज अवस्थी, महाकाली नगरपालिकामा माधवप्रसाद भट्ट, अपि हिमाल गाउँपालिकामा नवराज कलौनी, दुहुँ गाउँपालिकामा रामसिह धामी, व्यास गाउँपालिकामा ज्ञानसिह कुवर तथा मार्मा गाउँपालिकामा अक्बरसिह धामीलाई सहायक नाम दर्ता अधिकारीको रुपमा खटाइएको छ ।

एक सय ३५ मतदान केन्द्र

मतदानका लागि दार्चुलामा एक सय ३५ मतदान केन्द्र बनाउने तयारी गरिएको छ । कुल ८४ हजार तीन सय ९१ मतदाता रहेको दार्चुलामा मतदान स्थलको भने टुङ्गो लाग्न बाकी रहेको निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप सिह धामीले बताउनुभयो ।

२०७४ सालको निर्वाचनमा दार्चुलामा ७८ हजार पाँच सय १३ मतदाता रहेका थिए भने एक सय २९ मतदान केन्द्रबाट निर्वाचन सम्पन्न गरिएको थियो । एक हजार भन्दा बढी मतदाता भए नयाँ मतदान केन्द्र बनाउन सकिने भएकाले यस पटकको चुनावमा छ वटा मतदान केन्द्र थप गर्ने तयारी गरिएको कार्यालय प्रमुख धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?