दार्चुला । कर्मचारी मिलन केन्द्र दार्चुलाको आयोजनामा स्वागत तथा विदाई (फेरी भेटौँला) कार्यक्रम आइतबार (आज) जिल्ला प्रशासन कार्यालय दार्चुलामा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय दार्चुलाको प्रमुखको जिम्मेवारीमा आउनुभएका राम चन्द्र ओझाको स्वागत र जिल्लाबाट सरुवा भएर अन्यत्र जानुभएका नेपाली सेनाका सेनानी विक्रम देव थापा र प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टको विदाई गरिएको हो ।
कर्मचारी मिलन केन्द्र दार्चुलाका अध्यक्ष अमर सिंह धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपीए) मा बडुवा सिफारिस भएर प्रहरी हेडक्वाटर सरुवा हुनुभएका बिष्ट र कोशि टप्पु बन्यजन्तु आरक्ष सरुवा हुनुभएका सेनानी थापाले जिल्ला बसाइको अनुभव सुनाउनुभएको थियो ।
कोरोना महामारीको विषम परिस्थितिमा पनि प्रभावकारी सेवा प्रवाह गरेकोमा कर्मचारी मिलन केन्द्रले विदाइ भएर जानुभएका दुबैजनालाई धन्यबाद ज्ञापन गरेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष अमर सिह धामीले जानकारी दिनुभयो । सामाजिक विकास कार्यालयका प्रमुख रामचन्द्र ओझालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको उहाँले बताउनुभयो ।
नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष धामीले सामाजिक विकास कार्यालय प्रमुख ओझालाई कर्मचारी मिलन केन्द्रको सदस्यता वितरण गर्नुभएको छ ।







