मालिकार्जुन आबि पातीमा तालाबन्दी, व्यवस्थापन समितिको राजिनामा माग

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको मालिकार्जुन आधारभुत विद्यालय पातीमा आइतबार अभिभावकहरुले तालाबन्दी गरेका छन् ।

प्रधानाद्यापक सहित दुई जना शिक्षक र एक जना बालबिकास सहजकर्ताको दरबन्दी रहेको उक्त विद्यालयमा शिक्षक प्रमानन्द गिरी लामो समयसम्म विद्यालयमा उपस्थित नहुदा विद्यार्थीहरु नियमित पढाइबाट बञ्चित भएको भन्दै अभिभावकहरुले विद्यालय नआउने शिक्षक सरुवाको माग गरेपनि विद्यालय व्यवस्थापन समितिले निर्णयमा हस्ताक्षर नगरेपछि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको राजिनामा माग गर्दै तालाबन्दी गरिएको मानसिंह धामीले बताउनुभयो ।

विद्यालयले भने विना कुनै जानकारी अनाधिकृत रुपमा तालाबन्दी गरिएको प्रतिक्रिया दिएको छ । विद्यालयका शिक्षक प्रमानन्द गिरीले केहि अभिभावकहरुले विद्यालयलाई जानकारी नै नगराएर विद्यालयमा पठनपाठन भइरहेको समयमा ताला लगाएकोले प्रहरी र गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक चुडामणी अवस्थीको रहोबरमा विद्यालयको भौतिक सामाग्रीको सुरक्षाको जिम्मा तालाबन्दी गर्ने पक्षले लिनुपर्ने बताएको जानकारी दिनुभयो । अभिभावकहरु आन्दोलित बनेपछि पछिल्लो केहि दिन यता शिक्षक गिरी विद्यालयमा उपस्थित हुन थाल्नुभएको छ ।

गाउँपालिकाको शिक्षा शाखाले काज विदा मिलाएपछि शिक्षक गिरी लेकम गाउँपालिकाको एम्बुलेन्स चलाउदै आउनुभएको थियो । विद्यालय गएर विद्यार्थीलाई पढाउनुको सट्टा काज विदा बसेर एम्बुलेन्स चलाइरहेको गुनासो अभिभावकहरुबाट सामुहिकरुपमा आइसकेपछि शिक्षक गिरीले गाउँपालिकालाई एम्बुलेन्स चालकको व्यवस्थापन गर्न आग्रह गर्दै आफुले विद्यालय गएर पढाउने बताउनुभएको थियो ।

काज विदामा समेत आफुले खालि बसेको केहि दिन विद्यालय गएर विद्यार्थीलाई पढाएको शिक्षक गिरी को भनाई छ ।

अभिभावकहरुले माग सम्बोधन नभए विद्यालयमा तालाबन्दी गर्ने पत्र माघ १५ गते नै लेकम गाउँपालिका शिक्षा शाखा र प्रहरीलाई बुझाइसकेको र शिक्षा शाखामार्फत विद्यालयलाई जानकारी गराइदिन अनुरोध गरेकोले प्रकृयागत ढंगले नै तालाबन्दी गरिएको दाबी गरेका छन् ।

विद्यार्थीको हितमा निर्णय गर्न नसक्ने व्यवस्थापन समितिले राजिनामा दिएर नयाँ समिति गठन गर्नुपर्ने तालाबन्दी गर्ने अभिभावकहरुले अडान लिएका छन् ।

विद्यालयमा शिक्षकहरु आन्दोलित भएको विषयमा थप जानकारीका लागि यहाँ क्लिन गर्नुहोस

सम्बन्धित समाचार : शिक्षक काज विदामा एम्बुलेन्स चालक, विद्यार्थी घाम ताप्दै

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?