संसद विघटनका विरुद्ध कांग्रेसद्धारा दार्चुलासहित देशभर विरोध प्रदर्शन

दार्चुला। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले दार्चुलासहित ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेको नेबि संघ दार्चुलाका सचिव हरि जोशीले जानकारी दिनुभयो ।

संसद विघटन सर्वसत्तावाद उन्मुख कदम भएको, भ्रष्टाचार बढेको, कोभिड विरुद्धको संघर्षमा सरकारको अकर्मण्यता देखिएको र जनसरोकारका विषयमा सरकारी उदासिनता भएको भन्दै नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका १३ ओटा भ्रातृ संगठनहरुले संयुक्त रुपमा विरोध सभा गरेका हुन।

दार्चुलामा सोमबार दिउँसो र्याली सहित नेपाली काग्रेशका भातृ संस्थाहरुको सहभागितामा विरोध प्रदर्शन कार्यक्रम गरिएको नेबि संघ दार्चुलाका प्रवक्ता दिपक खातीले बताउनुभयो ।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् ।

यसैगरी फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

No description available.

No description available.

 

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?