दार्चुला । भूमि सम्बन्धी समस्या समाधान आयोग दार्चुलाको अध्यक्षमा राम दत्त जोशी मनोनीत हुनुभएको छ ।
तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष तथा वर्तमान नेकपा ओली समुहका केन्द्रिय सदस्य रामदत्त जोशी भूमि सम्बन्धी समस्या समाधान आयोग दार्चुलाको अध्यक्षमा नियुक्त हुनुभएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १५ गते मुलुकभर आयोगलाई पूर्णता दिएको हो । मन्त्रीपरिषद्को निर्णयबाट भूमि आयोगको दार्चुला अध्यक्षमा नेता जोशी नियुक्त हुनुभएको हो ।
यस्तै आयोगको विज्ञ सदस्यमा शैल्यशिखर नगरपालिका वडा नम्बर १ का नेकपा नेतृ लक्ष्मी कुमारी लोहारलाई नियुक्त गरिएको छ । तत्कालीन नेकपा माओवादीबाट शैल्यशिखर नगरपालिका उपप्रमुख पदका उम्मेदवार बन्नुभएका लोहारलाई विज्ञमा नियुक्त गरिएको छ । यस्तै आयोगको सदस्यमा खिमानन्द भट्टलाई चयन गरिएको छ ।
यस्तै आयोगको बैतडीमा नरेश कुमार विश्वकर्मा, बाजुरामा राम लाल कार्की, डोटीमा गणेश बहादुर बिष्ट, बझाङमा कलक बहादुर खड्का, कञ्चनपुरमा कमला कु बोहरा, कैलालीमा दीपक देवकोटा, डडेल्धुरामा पदम राज जोशी, अछाममा कटक बहादुर साउद अध्यक्षमा मनोनीत भएका हुन् । ९ वटै जिल्लामा विज्ञ र सदस्य समेत सरकारले मनोनीत गरेको छ ।





प्रतिक्रिया