आज राति साढे ११ बजेदेखि चन्द्रग्रहण

दार्चुला । शुक्रबार राति साढे ११ बजेदेखि पौने ३ बजेसम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारीअनुसार सन् २०२०को दोस्रो पेनम्ब्रल साढे ११ बजेदेखि सुरू भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९ मिनेटमा सकिनेछ।यो चन्द्रग्रहण खग्रास वा खण्डग्रासभन्दा भिन्न खालको चन्द्रग्रहण भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सेतोपाटीलाई जानकारी दिनुभयाे।

‘सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ,’ उनले भने,’चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यसमा बिरल छाँया पर्ने हुनाले यसलाई पेनम्ब्रल भनिएको हो।

‘उहाँका अनुसार छाँया दुई प्रकारको हुन्छन्: सघन र बिरल।साथै पेनम्ब्रल चन्द्रग्रहणबारे नेपाली पात्रोमा पनि समावेश गरिएको पाइँदैन।’यो हाम्रो आँखाले देख्न मुस्किल छ। जसकारण हाम्रो नेपाली पात्रोमा पनि यसबारे समावेश गरिएको देखिन्न,’ अध्यक्ष भट्टाराईले भन्नुभयाे।

वैज्ञानिकहरूका लागि यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण मानिएको छ। यसअघि २०७६ पुष २५ गते शुक्रबार राति पनि यस्तो खालको चन्द्रग्रहण देखिएको थियो।पेनम्ब्रल ग्रहणलाई यसअघि नेपाली नाम दिन खोजिए पनि चलनचल्तीमा आएको पाइँदैन।

एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘बिरल छाँयाजनिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो। तर त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?