दार्चुलामा ट्रकमा आगजनी गर्ने विप्लवका ३ कार्यकर्ता विरुद्ध मुद्दा

दार्चुला । दार्चुलामा ट्रकमा आगजनी गर्ने विप्वव नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको छ।

गत माघ १० गते आह्वान गरिएको बन्दका बेला दार्चुला सदरमुकामतर्फ गइरहेको सुपप्र ००१ क १५४८ नम्बरको मिनीट्रकमा जिल्लाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आगजनी गर्ने ३ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक भाष्कर चन्दले प्रहरी प्रतिवेदनका आधारमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको बताउनुभयो ।

प्रहरीले उनीहरुको खोजी कार्य भइरहेको बताएपनि नाम भने खुलाएको छैन।

यसअघि प्रहरीले शंकाका आधारमा सोधपुछका लागि ट्रक चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?