दार्चुला । बैतडीमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

किशोरीको शव फेला परेको जानकारी आईसकेपछि घटनास्थलमा प्रहरीको टोली  पुगेर अनुुन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

किशोरीको कसले किन हत्या गरेको हो भन्ने बिषयमा अहिले यकिन नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाईसकेको उहाँले बताउनुभयो ।

भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशंका गरेका छन् । भट्टको शव विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?