बैतडी : किशोरीको हत्यारालाई कारवाही गर्न अनेरास्ववियुको माग

दार्चुला । किशोरीका हत्यारालाई कारवाहप् गर्न अनेरास्ववियु बैतडीले माग गरेको छ ।

नेकपा ओली समूह निकट अनेरास्ववीयू बैतडीले दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको जनाएको छ।

अनेरास्ववीयूका संयोजक सन्तोश रानाले विज्ञप्ती जारि गर्दै भट्टलाई बलात्कारपछि हत्या गरेर फालिएको उल्लेख गर्नुभएको छ ।

‘भागरथी भट्टमाथि बलात्कारपछि कुरतापूर्वक हत्या गरिएको पाशंविक घटनाको जति निन्दा र भत्र्सना गरेपनि कमै हुन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसप्रकारको जघन्य तथा अक्षम्य अपराधका दोषीलाई अबिलम्ब गिरफ्तार गरि हदैसम्मको कारवाही गर्न जोडदार माग गर्दछौँ।’

अनेरास्ववीयू बैतडीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई उचित परिपुरणको व्यवस्था गर्न समेत माग गरेको छ।

बुधबारदेखि वेपत्ता भएकी किशोरीको बिहीबार साँझ लवलेक सामुदायिक वनमा शव फेला परेको थियो। उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत लगेको छ। तर प्रहरीले बलात्कारपछि हत्या भएको कुरा अहिलेसम्म पुष्टि गरेको छैन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?