दार्चुला। बैतडीमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षिया भागरथी भट्टको अनुसन्धानमा खटिएको कुकुरले मृतकको फोन फेला परेको छ ।
शुक्रवार बिहान ११ बजे तिर अनुसन्धानको लागि लगिएको कुकुरले शव भएको दक्षिणको बाटो तिर कुकुर पनि जाँदै गर्दा मृतकले प्रयोग गरेको मोबाईल फोन फेला परेको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक दर्शन खडकाले बताउनुभयो ।
शवको प्रकृती हेर्दा बलत्कार भएको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । शरीर भरी चोटका दाग तथा घाँटीमा पनि रातो चोटको दाग रहेका र जमिनमा रगत लागेको प्रहरी निरिक्षक खडकाले बताउनुभयो ।
अहिले,बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण पसाद अधिकारी, सशस्त्र प्रहरीका नायव उपरीक्षक गणेश शाह चिकित्सक र सरकारी वकिल लगायतको सुरक्षा अधिकारीको टोली घट्नास्थलमा ,पुगेको छ ।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिईन् । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।




