दार्चुला । दार्चुला घर भएका एक सशस्त्र प्रहरी निरीक्षकको निधन भएको छ ।
जिल्लाको लेकम गाउँपालिका–३ घर भएका ४५ वर्षीय सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरको निधन भएको हो । उहाँ बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत हुनुहुन्थ्यो ।
बोर्डर आउट पोष्ट कबहीगोठ बाराका अनुसार बिहीबारको आमहड्तालमा ड्युटीका क्रममा हिँड्दाहिँड्दै अचानक बेहोस भएका थिए ।
बहोस भएका उहाँलाई कलैया अस्पताल र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने तयारी गर्दैगर्दा निधन भएको बताइएको छ ।




