दार्चुला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाको पाँचौ जिल्ला अधिबेशन शुक्रबार (आज) सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकरसिंह धामीको अध्यक्षतामा भएको जिल्ला अधिबेशन कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य उत्तर बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य जन्मदेव जैशी, जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण सिंह धामी, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख एबं प्रतिनिधि, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सचिव प्रेम चुनारा, पत्रकार महासंघ जिल्ला कार्य समिति पदाधिकारीहरु लगायत दार्चुलामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । महासंघ जिल्ला सचिव कृष्ण सिंह धामीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र सिंह धामीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

अधिवेसन सम्पन्न भएपनि नयाँ कार्यसमिति चयन भने चैत महिनामा मात्रै हुने भएको छ । यो वर्ष देखि नेपाल पत्रकार महासंघको नेतृत्व चयन प्रत्यक्ष निर्वाचित प्रणालीबाट गरिन लागेको नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य उत्तर बिष्टले जानकारी दिनुभयो । ‘महासंघको केन्द्रिय नीति अनुसार अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्ने भन्दा पत्रकारिता क्षेत्रको समग्र विषयमा गहन छलफल र सीमाक्षा गरिएको उहाँले बताउनुभयो ।
जिल्ला, प्रदेश तथा केन्द्रको नयाँ नेतृत्व चयनका लागि तिनै तहको अधिबेशन सम्पन्न गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन गरिने छ । केन्द्रको महाधिबेशनले तीनै तहको निर्वाचनकोे मिति तय गर्ने महासंघका पत्रकार महासंघ केन्द्रिय सदस्य जन्मदेव जैशीले बताउनुभयो । सकेसम्म सर्वसम्मतबाट नै नयाँ नेतृत्व चयन गरिने र सहमति हुन नसकेमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट तीनै तहको एकै पटक निर्वाचन गरिने जैशीको भनाई छ ।
आफ्नो दुई कार्यकाल सर्वसम्मतबाट चयन भएकाले आगामी नयाँ नेतृत्व पनि सबै संघ÷संगठनबीच आपसी समझदारीबाट सर्वसम्मत् चयन गर्न पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिंह धामीले सुझाब दिनुभएको छ । साथै दुई कार्यकाल सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने महासंघका पदाधिकारी तथा सम्पूर्ण पत्रकारहरुलाई धन्याबाद समेत ज्ञापन गर्नुभयो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिकोे सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा र प्रदेश समितिहरुको माघ महिनाभित्र अधिबेशन सम्पन्न गरेर फागुन ४ र ५ गते केन्द्रको महाधिबेशन आयोजना गर्ने तयारी भएको छ ।
दार्चुलामा पत्रकार महासंघको साधारण सदस्यता ९६ जनालाई
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाको सदस्यसंख्या ९६ पुगेको छ । हालसम्म नवीकरण भएका पत्रकारहरुको संख्या ४५ जना रहेकोमा यो वर्ष थपिएर ९६ पुगेको हो ।
दार्चुलामा क्रियाशिल ५१ जना पत्रकारले यो वर्ष नयाँ सदस्यता प्राप्त गरेका छन् । यद्धपी पछिल्लो पटक स्वीकृत भएका ३० जनाको आधिकारीक जानकारी प्राप्त हुन बाकी रहेको छ । जिल्ला शाखाले सदस्यताका लागि सिफारिस गरेको क्रियाशील २१ जना पत्रकारहरुको सदस्यता २०७४ फागुन २२ गतेको मितिमा सदस्यता प्रदान गरिएको छ ।
जिल्लाबाट पहिलो चरणमा २१ जना र दोस्रो चरणमा गत वर्ष मात्रै थप ३० जना पत्रकारहरुको महासंघ सदस्यताका लागि सिफारिस गरिएको थियो । २१ जना पत्रकारहरुको सदस्यताको आधिकारिक पत्र यहि माघ १६ गते नै प्राप्त भइसकेको पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकरसिंह धामीले बताउनुभयो । थप ३० जनाको पनि सदस्यताको टुंगो लागिसकेको नेपाल पत्रकार महासंघ प्रदेश सचिव प्रेमराम चुनाराले बताउनुभयो । यद्यपि जिल्ला शाखामा आधिकारिक पत्र आइपुग्न बाकी रहेको छ ।
यसअघि नै सदस्यता प्राप्त गरेका ४५ जना र यो वर्ष सदस्यता स्वीकृत भएका ५१ जनाको गरी पत्रकार महासंघका सदस्य जिल्लामा ९६ पुगेको पत्रकार महासंघ दार्चुलाले जनाएको छ ।













प्रतिक्रिया