१० महिनापछि खुल्यो दार्चुलाको खलंगा पुलघाट नाका

दार्चुला । भारतसँग जोडिएको दार्चुलाको खलंगा पुलघाट नाका १० महिनापछि नियमित रुपमा सञ्चालनमा आएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै शनिबार (आज) देखि नाका सञ्चालनमा आउने जानकारी दिएको थियो।

सरकारले यसअघि गत शुक्रबारदेखि नै दार्चुला सहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आएको हो। नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?