दार्चुला ।  बैतडीको पुर्चाैडीमा बुवाले आफ्नै छोरीमाथि गोली हानी हत्या गरेका छन् ।

पुर्चौंडी नगरपालिका १० का अन्दाजी ५५ बर्षीय धनसिंह महराले आफ्नी छोरी विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् ।

छोरीलाई गोली हानेर महरा जंगलतिर भागेका पुरघाट प्रहरीचौकीले जनाएको छ ।

प्रहरीको टोली घटनास्थल तर्फ गएको पुरघाट प्रहरीचौकीले बताएको छ । बुवाले छोरीमाथि गोली हानी हत्या गरेको पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले बताउनुभयो ।

विवाहित छोरी गएको एक महिनादेखि माइतीघरमै बसीरहेकी र शनिबार बुवाले गोली हानी हत्या गरेको उहाँले जानकारी दिनुभयो ।

घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?