दार्चुला । दार्चुलामा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान पुरा भएको छ ।

माग १४ गतेबाट सुरु भएको खोप पहिलो चरणको कोरोना भाईरस विरुद्धको खोप अभियो शनिबार सम्पन्न भएको हो ।

माग १४ गते जिल्ला स्वास्थय कार्यालय दार्चुलाका प्रमुख जय राज भट्टलाई पहिलो खोप दिएर खोप अभियानको सुरुवात गरिएको थियो ।

भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोप पहिलो चरणमा अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोना संक्रमणबाट मृत्यु भएकोहरुको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई लगाईएको छ ।

पहिलो चरणमा जिल्लामा कार्यरत चार सय १७ जना स्वास्थ्यकर्मीलाई कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ । त्यस्तै स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारी एक सय ३० जना, महिला स्वास्थ्य स्वयम सेविका दुई सय ७९ जना, सरसफाई कर्मी ६३ जना, एम्बुलेन्स तथा सव वाहन चालक, सहचालक ९ जनालाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाईएको छ ।

त्यस्तै कोभिड १९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिएका ५६ जना सुरक्षाकर्मी, अन्तराष्टिय सिमानाका कार्यरत ७१ जना कर्मचारी र कैदी बन्दी तथा उनिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी ५७ जना गरि जिल्लाभरि पहिलो चरणमा एक हजार ४२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

पहिलो चरणमा जिल्लाभरिमा एक हजार तीन सय १५ जनालाई खोप लगाउने लक्ष्य राखिएको भए पनि लक्ष्य अनुसार खोप लगाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

खोप अभियानका लागि दार्चुलालाई १ हजार ३ सय ९० कोभिसिल्डको भ्याक्सीन प्राप्त भएको थियो ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?