
काठमाडौं माघ २१ ,२०७६
हाइ स्पिड समाचारदाता ,
विश्वभरका खेल पत्रकारहरुको साझा संस्था इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआइपिएस) ले गत वर्षदेखि आयोजना गरेको स्पोर्ट्स मिडिया अवार्डको ‘बेष्ट कोलम राइटिङ’तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो र त्यस समाचार बाट खेल पत्रकार प्रज्जवल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्डअन्तर्गत बेष्ट कोलम राइटिङ जितेका छन् ।
हगेंरीको बुडापेस्टमा सोमबार राति भएको अवार्ड कार्यक्रममा ओलीले स्पेन र अर्जेन्टिनाको खेल पत्रकारको समाचारलाई पछिपार्दै नेपालका तर्फबाट अवार्ड जित्न सफल भएका हुन् । यससँगै ओली नेपालको तर्फबाट एनआइपिएसमा अवार्ड जित्ने पहिलो पत्रकार बनेका छन् ।
विश्वभरका करिब १ सय ८० देशका सयौं पत्रकारले पठाएका समाचार मध्य ओलीको समाचार उत्कृष्ट ५०, १२ हुदै शीर्ष तीनमा परेको थियो । झण्डै डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय ओली नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव समेत हुन् । मञ्च विश्व खेलकुद पत्रकारहरुको संगठन एआइपिएएस र एआइपिएस एसियाको सदस्य राष्ट्र हो ।
अवार्डसँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । नेपालबाट प्रतिनिधित्व गर्दै अवार्ड प्राप्त गर्नु आफ्नो लागि कति अर्थपूर्ण छ भन्ने शब्दमा बयान गर्न कठिन हुने उल्लेख गर्दै ओलीले द काठमाडौं पोष्टको सम्पादकीय टोली, खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिए ।
उनले गत असार १९ गते ‘दि काठमाडौं पोस्ट’ मा ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल संघहरु पालिएका छन्’ शीर्षकमा समाचार लेखेका थिए ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।