मदन भण्डारी अन्तराष्ट्रिय फुटबलमा नेपाल सहित सहभागी ४ राष्ट्रको टुंगो

२१ माघ २०७६ काठमाडौं,

हाइ स्पिड नेपाल सम्बाददाता

 

मदन भण्डारी स्पोर्टस एकेडेमीले अर्को महिना आयोजना गर्ने फुटबल प्रतियोगिताका लागि नेपालसहित सहभागी ४ राष्ट्रको टुंगो लागेको छ । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठका अनुसार विदेशी टोलीमा मोरिसस, अफगानिस्तान र पाकिस्तानले प्रतियोगितामा भाग लिने पक्का भएको छ ।

‘हिजो सबै टोलीको टुंगो लाग्यो,’ श्रेष्ठले भने,‘अब तयारी तीब्र रुपमा अघि बढ्नेछ । फागुन १५ देखि २४ गते सम्म दशरथ रंगशालामा हुने भनिएको मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबलमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने र शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

प्रतियोगितामा राउन्ड रोविनका ६ र फाइनल गरि ७ खेल हुने श्रेष्ठले बताए । यसअघि तय गरिएको मिति भन्दा २ दिन अघि बाटै प्रतियोगिता सुरु हुने भएको छ । यसअघि फागुन १७ देखि २४ गते सम्म आयोना गरिने बताइएको छ ।

सहभागी ४ राष्ट्र मध्ये अफगानिस्तान फिफा वरियतामा सबैभन्दा माथि छ । फिफाको पछिल्लो वरियता अनुसार अफगानिस्तान १ सय ४९ औं, नेपाल १ सय ७० औं, अफ्रिकिन राष्ट्र मोरिसस १ सय ७२ औं र पाकिस्तान २ सय एकौं स्थानमा छ ।

मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्षेत्रीय टोलीको प्रतिस्पर्धा नेपाली दर्शकहरुले हेरिसकेकाले त्यो भन्दा पनि प्रतिस्पर्धात्मक प्रतियोगिता होस् भन्ने उद्देश्यका साथ यो प्रतिायेगिता आयोजना गरिएको श्रेष्ठले बताएका छन् । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको छ ।

एकेडेमीले गत वर्ष नै मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको घोषणा गरेपनि त्यतिबेला दशरथ रंगशाला तयार नभएका कारण योजना पछि सार्नुपरेको अध्यक्ष श्रेष्ठले बताएका थिए । एकेडेमीले दुई वर्षअघि बुटवलमा मदन भण्डारी गोल्डकप आयोजना गरेको थियो । त्यसपछि एकेडेमी अन्तर्गतकै क्रिकेट विभागले टियु मैदान परिसरमा क्रिकेट कार्निभल समेत आयोजना गरेको थियो ।

प्रतियोगितामा झन्डै २ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष श्रेष्ठले पुरस्कार राशी भने तय केहि समयमा तय गरिने बताएका छन् । ‘नगद पुरस्कार त हामी राख्छौं,’ उनले भने,‘ यसअघि घोषणा गरे अनुरुप नै हुन्छ वा थप घट केहि दिनमा तय हुनेछ ।’

गतवर्ष एकेडेमीले पत्रकार सम्मेलन गर्दा विजेताले २५ हजार अमेरिकी डलर, दोस्राले १० हजार डलर प्राप्त गर्ने घोषणा गरेको थियो । नेपालले मार्चमा दशरथ रंगशालामा विश्वकप छनोटका खेल आयोजना गर्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?