२१ माघ २०७६ काठमाडौं ,

हाइस्पिड सम्बाददाता |

चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को मिती सरेको छ । यस अघि आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) फागुन ३ देखि १५ गते सम्म हुने उल्लेख गरेपनि राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्य तालिकाको कारण मिति सार्न बाध्य भएको डिसिएका अध्यक्ष सुवास शाहीले जनाएका छन् ।

नयाँ मिति अनुसार डिपिएल अब २०७७ को कात्तिक ८ देखी २२ गते सम्म हुने भएको छ । खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने छ । ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो ।

अत्तरियाले फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । देशकै सर्वाधिक राशीको प्रतियोगिता समेत रहेको डिपिएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रुपैयाँ हात पारेको थियो ।

यसअघिका दुवै संकरणको उपाधि साविक धनगढी टिम चौराह हाल (धनगढी स्टार्स) ले जितेको थियो । रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ फ्रेन्चाइज टिम रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?