बिदेशमा रहेका नागरिक भित्र्याउन नौगाड गाउँपालिकाको अनुरोध

दार्चुला । नौगाड गाउँपालिकाले देश बाहिर रहेका नागरिकहरुलाई यथासिघ्र स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्न प्रदेश र संघिय सरकारलाई अनुराेध गरेको छ ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीद्धारा हस्ताक्षरित अनुरोध पत्रमा भारत वा अन्य बिदेशी भूमिमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश भित्र्याएर क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ । उक्त पत्रमा देशबाहिर अलपत्र अवस्थामा रहेका नौगाड गाउँपालिकाबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुलाई स्वदेश पुगिसकेपछि गाउँपालिका भित्र्याइ सुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्ने लगायत सम्पूर्ण जिम्मेवारी निर्वाह गर्न नौगाड गाउँपालिका परिवार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोले सचेतना अपनाउन समेत आग्रह गरिएको छ । अध्यक्ष धामीले स्वदेश आवागमनलाई सुरक्षित गर्न आउनु अघि र आइसकेपछि दुबै देशमा पीसीआर विधिबाट चेकजाँच गरि स्वदेशमै व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

हेर्नुहाेस नाैगाड गाउँपालिकाले सार्वजनिक गरेकाे अनुराेध पत्र

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?