जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय, काेराेना संक्रमितकाे संख्या २ सय ९५

काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषदकाे आइतबारकाे बैठकले याे निर्णय गरेकाे हाे।

यसअघि काेराेना राेकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन वैशाख २० गतेसम्म लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो।  साथै लकडाउनलाई झनै कडाइसाथ लागु गरिने पनि बताइएकाे छ।

यसैबिच नेपालमा कोरोना संक्रमित पुनः थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण थपिएको हो।

धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।

थपिएका तीनै जना संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा काेराेना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे छ । ३६ जना उपचारपछि निकाे भएर घर फर्किएका छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?