दार्चुला । कोरोना भाइसर (कोभिड–१९) को नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीनै एकपछि अर्को गर्दै कोरोना संक्रिम हुन थालेकाछन् । यसरी कोरोना नियन्त्रणका लागि खटिएका ४ वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।
४ वटै सुरक्षा निकायका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सम्बन्धित सुरक्षा निकायले जनाएको छ । केही दिन अघिमात्र पूर्वगृहमन्त्री भीम रावलका पिएसओ सशस्त्रका जवान बिदाबाट फर्केपछि कोरोना जाँच गराउँदा उनमा कोरोना देखिएको थियो ।
त्यसरी, नै शनिबारसमेत ३ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो । शनिबार देखिएका मध्ये १ जना प्रहरीका जवान र नेपाली सेनाको मध्य पृतनाका प्रमुख र १ जना सैनिक गरी २ जनामा कोरोना संक्रमण देखिएको हाे । यसरी सोमबारसम्म सशस्त्र प्रहरी बलका ३, नेपाल प्रहरीका ३, नेपाली सेनाका २ र राष्ट्रिय अनुसन्धान विभागका १ जना गरी ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमित भएका छन । कोरोना भाइरस रोकथामका लागि फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मी नै कोरोना भाइरस संक्रमित हुन थालेपछि सबै सुरक्षा निकायले उच्च सर्तकता अपनाएका छन् ।
नेपाली सेना, प्रहरीले विदाबाट फर्केकाहरूलाई सेल्फ क्वारेन्टाइनमा राख्नेदेखि फिल्डमा खटिँदा उच्च सर्तकता अपनाएर काम गर्न निर्देशन दिइएको जनाएको छ । बिदाबाट फर्केका सुरक्षाकर्मीको कोरोना जाँचसमेत सुरु गरिएको सम्बन्धित सुरक्षा निकायको भनाइ छ ।
नेपालमा हालसम्म ३०४ जनालाइ काेराेना संक्रमण पुष्टी भएकाे छ । संक्रमितमध्ये ३६ जना उपचारपछि घर फर्किएकाे र २ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।