
दार्चुला । प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले सरकारले कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रमा गरेको सुरक्षा व्यवस्थापन प्रयाप्त नभएको धारणा राख्नुभएको छ । सरकारले प्रस्तुत गरेको अगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सासंद बडूले भारतले अतिक्रमण गरेको भूमिमा सरकारले गरेको सुरक्षा व्यवस्था अप्रयाप्त भएको भन्दै सीमा सुरक्षाका लागि तिकंर र कौवा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउन सरकारको ध्यानआकर्षण गराउनुभएको छ ।
तिकंरसम्म सहज यातायात सुविधा पु¥याएर चीनको ताक्लाकोट तथा मानसरोबरको यात्रा समेत सहज बनाउन तथा भन्सार कार्यालयको व्यवस्थापन गर्न बडूले माग गर्नुभयो । उहाँले लकडाउनका कारण व्याँस गाउँपालिका वडा नम्बर १ का १ सय ७२ परिवारका लागि खाद्यान्न समस्या भइरहेकोे भन्दै हेलिकप्टर मार्फत् ढुवानीको माग गर्नु भएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सासंद बडूले अहिले कोरोना भाइरसको रोकथामका लागि लकडाउन घोषणा गरिएको कारण बेरोजगारी बढेको भन्दै जहा बेरोजगार त्यहा रोजगारको सिद्धान्त अवलम्बन गर्न सरकारलाइ सुझाब दिनुभएको छ ।
हेर्नुहोस सासंद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधन ः
https://www.facebook.com/dpbadusecretariat/videos/286771256054937/
सम्माननीय सभामुख महोदय !
• देश कोरोना संक्रमणको गम्भीर चरणमा प्रवेश गरिरहेको अवस्थामा प्रस्तुत नेपाल सरकारको आगामी वर्षको नीति र कार्यक्रम कोरोना रोकथाम, नियन्त्रण र उपचार योजनामा जसरी केन्द्रित हुनु पर्दथ्यो त्यस अनुरूप तत्कालीन, अल्पकालीन र दिर्धकालीन रुपमा सम्पूर्ण जनताले बुझ्ने र आश्वस्त हुनेगरी समयबद्ध कार्ययोजनाका साथ आउन सकेन ।
• छिमेकी भारतबाट सीमा नाकाहरूमा पुगेर पनि स्वदेशमा प्रवेश गर्न नपाएका कारण लुकि-छीपि अवैध नाकाहरूबाट आएकाहरूबाट थप संक्रमण भइरहेको अवस्था भएको हुनाले अलपत्र परेका सबै नागरिकहरुका लागि सुरक्षित क्वारेन्टाइन व्यवस्था गरी, वैधानिक नाकाहरूबाट नै व्यवस्थितरुपमा अभिलेख सहित यथासंभव छीटो प्रवेश गराई क्वारेन्टाइनमा राख्ने र PCR परिक्षण गराई घर पुर्र्याउने योजना कहिले सुरु हुन्छ ? किन ढिला भइरहेको छ ? के आफ्नै पानी जहाँज र आफ्नै रेल चढाएर ल्याउने योजना का कारण ढिला भैरहेको हो ? जनता जान्न चाहन्छ !
यसैगरी कुनै राहत प्याकेज र PCR टेस्टिङको कुनै व्यवस्था देखिएको छैन ।
सभामुख महोदय,
• दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भईरहेको वर्तमान सुरक्षा व्यवस्था अप्रयाप्त छ, सिमा सुरक्षाकालागि उपयुक्त रहेको कौवा क्षेत्र र तिङ्कर क्षेत्रमा राज्यको स्थाई सुरक्षा उपस्थिति बढाउने तर्फ र सहज यातायात सुविधा पुर्याएर चीनको ताक्लाकोट तथा मानसरोवर सम्मको यात्रा समेत सहज बनाउन तथा सीमामा भन्सार कार्यालय समेत व्यवस्था गर्न माग गर्दछु । यस वर्ष सिमामा लकडाउनका कारण दार्चुलाको व्यास गाउँपालिका वडा नं १ का १७२ घरपारिवारका लागि खाद्यान्न समस्या चर्को बनेकोले हेलिलिफ्ट गरेर खाद्यान्न पुर्याउने कार्य तत्काल गरियोस् । म यो माग गर्दछु ।
सभामुख महोदय,
• त्यस्तै, कोरोनाको प्रभावबाट रोजगारी गुमाएर स्वदेश कै शहरी क्षेत्र वा विदेशबाट कति वेरोजगारहरु गाउँघर फर्किए, अब तिनीहरूलाई शहर तर्फ र विदेशमा रोजगारीका लागि भौतारिनु पर्ने अवस्था समाप्त गरि, “जहाँ बेरोजगारहरु त्यहिँ रोजगार” को नयाँ सिद्धान्त अनुसार गाउँघर मै रोजगारीको अवसरहरू दिने व्यवस्था गर्नु पर्दछ । यसरी ‘रोजगारीको स्थानिकरण’ हुँदा देशमा न्यायपूर्ण, विकेन्द्रित र सन्तुलित विकासको शुरुवात पनि हुनजाने छ ।
सभामुख महोदय,
• संसदको राज्य व्यवस्था तथा सुशासन समितिको संस्थागत र सर्वसम्मत निर्णय अनुसार उक्त कालापानी क्षेत्रको अनुगमका निमित्त औपचारिक पत्रद्वारा माग गर्दा समेत सेनाको हेलिकप्टर उपलब्ध गराउन असमर्थता देखाउने सरकारका उप-प्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई त्यसको लगत्तै केहि दिन पछाडि नै आफ्नो पार्टिका नेता कार्यकर्ताहरू लिएर सेनाको हेलिकप्टरमा उक्त क्षेत्रमा पठाइएको औपचारिक निरिक्षणका हो वा व्यक्तिगत हो ? यसबारे प्रधानमन्त्री, सरकार, संसद एवं जनतालाई अहिले सम्म कुनै जानकारी गराइएको छैन । यसबारेको सत्य तथ्य समेत सम्माननिय प्रधानमन्त्री ज्यूबाट संसदमा जानकारी गराउन माग गर्दछु ।
यो पनि हेर्नुहोस https://lokdarpantv.com/2020/05/18/386/

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।