बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी,  दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी  अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयाे ।

सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा  पुन: परीक्षण गरिएको थियो ।

त्यस्तै बाँकेको नरैनापुरमा सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि साेमबार दिउँसाे १ महिला सहित ४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । आइतबार क्‍वारेन्टाइनमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन् ।

त्यस्तै खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?