काठमाण्डाै । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकले नगद पुरस्कार पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न प्रतिस्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित व्यक्तिको खातामा राखिदिएको हो ।

स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले पाँच लाख, रजतले तीन लाख र कास्यले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।यस्तै स्वर्ण जित्ने सहायक प्रशिक्षकले तीन लाख, रजतले दुई लाख र कास्यले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

मन्त्रालयका प्रवक्ता मानबहादुर वीकेले पदक विजेता ६८ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई एक करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?