मालिकार्जुन । अलेक्स ग्रीन (Alex Greene) अमेरिकी र फ्रान्सिस्का कास्टाग्निटी (Francisca Castagnitti) इटालियन नागरिक हुन । उनिहरू नेपालको संस्कृती, धार्मिक बनहरु, चराचुरुङ्गी र प्रकृति बिचको अन्तरसम्बन्ध सम्बन्धि रिसर्च गर्न गत फेब्रुअरीमा नेपाल आएका रहेछन । उनिहरूले संयुक्त अधिराज्य बेलायतस्थित केन्ट युनिभर्सिटी बाट पारम्परिक बनस्पति विज्ञान (Ephnobotany) मा मास्टर्स गरिसकेका छन ।
अध्ययन सकिए लगत्तै संयुक्त राज्य अमेरिकाका अलेक्स र इटालियन नागरिक फ्रान्सिस्काले आफुहरूले गरेको अध्ययन सम्बन्धि थप अन्वेषण गर्न नेपाल आउने निधो गरेका रहेछन। विदेशमा समेत हिन्दु र बौद्ध धर्मको उत्पति र यी सङ्गै जोडिएका तथ्यहरू सम्बन्धि अध्ययन गरिसकेका उनिहरू यहाँ रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक मुल्य—मान्यताहरू सहित यहाँको पारस्थितिक प्रणाली बारे नजिकबाट जानकार रहन खोज्नु नेपाल आउनुको प्रमुख उद्देश्य थियो ।
यस अघि पनि सन २०१८ मा नेपाल भ्रमण गरिसकेका अलेक्सले यहाँका धार्मिक बनहरू बारे अध्ययन गरेर फर्किएका थिए । त्यतिबेला साडा (SADA) नामक संस्थासित समन्वय गरेर मालिकार्जुन मन्दिर परिसरको अवलोकन गरेका उनको भेट गोकुलेश्वरमा रहेको गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजमा अध्ययनरत राजेन्द्र बम र जगदीश भट्ट शीत भएको थियो। उनिहरूले अलेक्स लाई मालिकार्जुन मन्दिर र यसको महत्तका बारेमा परिचित गराएका थिए।
त्यसबेला नै यश बिषयमा थप कुराहरू जान्नका लागि फेरि नेपाल आउने निधो गरेर फर्किएका उनले विदेशमा आफ्ना साथीहरूलाई मालिकार्जुन मन्दिरको विशेषताबारे सुनाए। नेपालमा आफ्नो अन्वेषणको बारेमा बताएपछि यससम्बन्धी थप रिसर्चका लागि फ्रान्सिस्का पनि उनिसित नेपाल आउने भइन । फेब्रुअरीमा नेपाल आएका उनिहरू यतिबेला दार्चुला जिल्लाको मालिकार्जुनमा एकजना स्थानीयको घरमा डेरा गरि बस्दै आएका छन।
मालिकार्जुनमा मन्दिरको इतिहास, धार्मिक आस्था, धार्मिक बनको अवस्था, पन्छीहरू र प्रकृतीसित जोडिएको सामिप्य, यहाँका स्थानीय संस्कृती, झोडो, फाग, देउडा लगायतका धार्मिक एवं लोक गीतहरू सम्बन्धी स्थानियहरू सितको सोध र खोजमा उनिहरु लागेका छन् ।
झन्डै ३ महिनाको मालिकार्जुन बसाइँ सफल रहेको बताउने अलेक्स र फ्रान्सिस्का आफ्नो उद्देश्य सफल भइसक्दा समेत आफ्नो देश फर्किन सकेका छैनन । अमेरिका र इटाली त कोरोना संक्रमण फैलिएका प्रमुख दुइ रास्ट्र हुन, आफ्ना देशबाशीलाई के सन्देश दिनुहुन्छ त भन्ने प्रश्नमा फ्रान्सिस्का भन्छिन, “देश भयावह अवस्था शीत जुधिरहेको छ । यद्यपि हामी हाम्रा आफन्तहरू संग नियमित सम्पर्क गर्दै आएका छौ, दिनहुँ जसो आइरहने नयाँनयाँ संक्रमित र मृत्युको खबरले हामिलाई ती नागरिकहरूको चिन्ताले सताइरहेको छ ।“ उनले यसो भनिरहदा यता अलेक्स भने आफ्नो देशमा आएको संकटले देशमा ठूलो क्षति भएको तर आफुहरूलाइ भने मालिकार्जुनले रक्षा गरिरहेको भन्दै ’जय मालिकार्जुन’ भनिरहेका थिए ।
भिन्न देश, भिन्न भाषा, भिन्न धर्म र भिन्न जीवनशैली भएका उनको हिन्दु धर्म प्रतिको यो आस्था र नेपाल प्रतिको माया सुन्दा र देख्दा वास्तवमै आफू नेपाली हुनुमा गर्व लाग्यो । विश्वभर महामारीको रूप लिएको कोभिड-१९ का कारण आआफ्नो मुलुक जान नपाएका उनिहरू ३ महिना देखि मालिकार्जुन मै बसिरहेका छन । उनिहरूलाई यस यात्रामा साथ दिइरहेका नेपाली साथी जगदीश भट्ट पनि छन । जगदिश कृषि तथा बन बिज्ञान कलेज रामपुर, चितवनमा स्नातकोत्तर गर्दै आएका छन ।
तस्बिर : अमेरिकन नागरिक अलेक्स ग्रीन (Alex Greene) र इटालियन नागरिक फ्रान्सिस्का कास्टाग्निटी (Francisca Castagnitti) संग कुराकानी गर्दै लेखक जिज्ञाशु खत्री साथमा जगदीश भट्ट
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।